बलिउड अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई गरे प्रणाम: चलचित्र ‘मुम्बई सागा’ हेरिदिन अनुरोध


[ss_social_share]
लेखक : लेखापढी      ६ चैत्र २०७७, शुक्रबार ०१:२३ मा प्रकाशित     
बलिउड अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई गरे प्रणाम: चलचित्र ‘मुम्बई सागा’ हेरिदिन अनुरोध

मुम्बई । बलिउड अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई एक अनुरोध गरेका छन् । जोनले उनको चलचित्र ‘मुम्बई सागा’ हलमा गएर हेरिदिन रिक्वेस्ट गरेका हुन् । सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै उनले यस्तो अनुरोध गरेका हुन् ।

जोनले भनेका छन्, “नेपालका सबैलाई मेरो चलचित्र ‘मुम्बई सागा’ गएर हेरिदिन आग्रह गर्दछु । जुन मार्च १९ (भोलि) मा रिलिज हुँदै छ । यो ठूलो पर्दाका लागि बनेको चलचित्र हो । त्यसैले हलमा गएर यो चलचित्र हेरी मनोरञ्जन लिनुहोला । सबैमा मेरो प्रणाम ।”

सञ्जय गुप्ताको निर्देशन रहेको यो एउटा एक्सन क्राइम जनराको चलचित्र हो । जसमा अभिनेता जोन अब्राहम र इमरान हासमी मुख्य भूमिकामा देखिनेछन् । चलचित्रमा जोन अन्डरवर्ल्ड डनको भूमिकामा र इमरान प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् ।
-१२खरी 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •