कञ्चनपुर मालपोतका अधिकृत घुससहित पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      ६ चैत्र २०७७, शुक्रबार ०१:५१ मा प्रकाशित     
कञ्चनपुर मालपोतका अधिकृत घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको हो ।

जोशीले नामसारी तथा अंशबन्डा गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले जोशीको साथबाट ७९ हजार घुस रकम बरामद गरेको छ । मालपोत कार्यालय नजिकै रहेको सिटी क्याफे पछाडिबाट उनलाई पक्राउ गरिएको हो । घटनाबारे आयोगले अनुसन्धान गरिरहेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •