एमाले संसदीय दल बैठक: गुटगत भेलामा नजान आह्वान


एमाले संसदीय दल बैठक: गुटगत भेलामा नजान आह्वान

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला नगर्न आह्वान गरेको छ । खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला जारी राखेका समयमा भएको संसदीय दल बैठकले गुटगत भेला नगर्न तथा पार्टीबाहेकका निर्देशन नमान्न पनि सांसदहरुलाई आह्वान गरेको हो ।

आज बालुवाटारमा बसेको बैठकले अन्य समूहमा लागेकाहरुलाई पनि फर्किएर आत्मआलोचना गर्न आह्वान गर्दै दल र पार्टीको कार्यक्रममा मात्र सहभागी हुन आग्रह गरेको छ ।

बैठकले त्यस्तो आह्वानअनुरुप पार्टीमा नफर्कनेहरुलाई विधानानुसार स्पष्टीकरण सोध्ने र आवश्कयताअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।