सैनिक वार कलेजमा ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम’ संचालन, तिस जना महासेनानी सहभागी


लेखक : लेखापढी      ५ चैत्र २०७७, बिहीबार ०१:२४ मा प्रकाशित     
सैनिक वार कलेजमा ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम’ संचालन, तिस जना महासेनानी सहभागी

काठमाडौँ- नगरकोट स्थित नेपाली सैनिक वार कलेजमा नेपाली सेनाले सञ्चालन गर्ने सबैभन्दा माथिल्लो तहको ‘हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालीम’ चैत्र ४ देखि शुरु भएको छ ।

सञ्चालन भएको नवौँ समूहको उक्त तालीमका भिडियो टेलिकन्फ्रेस मार्फत शुभारम्भ गर्दै बलाधिकृतरथी प्रभुराम शर्माले असहज परिस्थितिमा पनि समयसापेक्ष निर्णय लिनसक्ने नेतृत्व उत्पादन गर्ने पाटोमा तालीम फलदायी हुने विश्वास व्यक्त गरे ।

कोभिड–१९ स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै पूर्णरुपमा सामाजिक दूरी कायम गरी उक्त तालीम सञ्चालन गरिने जानकारी दिइएको छ ।
 
सेनाको स्वदेशमा हुने सबैभन्दा उच्चस्तरको उक्त तालीममा ३० जना महासेनानी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।- रासस 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •