धनगढीको होटेलमा कञ्चनपुरकी एक महिला मृत फेला !!


लेखक : लेखापढी      ५ चैत्र २०७७, बिहीबार १२:३९ मा प्रकाशित     
धनगढीको होटेलमा कञ्चनपुरकी एक महिला मृत फेला !!

 धनगढी- कञ्चनपुरको बेलडाँडी घर तथा बेलौरी माइतीघर भएकी एक महिला कैलालीको धनगढीमा रहेको सोराइ होटलमा मृत फेला परेकी छन् ।

केही दिनदेखि श्रीमान् सुर्जन रोकायासँगै होटलमा बास बसेकी कमला बिष्ट रोकाया गएराति होटलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी टोलीले घटनास्थल सुरक्षित गरी थाप अनुसन्धान गरिरहेको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको भनाइ छ ।

मृतकका श्रीमान् सुर्जन रोकायालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले निगरानीमा राखेको छ ।

उनीहरु लामो समयदेखि भारतको अमृतसर पञ्जाबमा होटल सञ्चालन गरी बस्ने गरेको र जग्गाको कारोबारका लागि हालै नेपाल भित्रिएको बुझिएको छ ।

मृतकका १ छोरा र १ छोरी छन् । दुवै जना छोराछोरी भने भारतको पञ्जाबमै रहेका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •