नौ लाख भन्दा बढी पैसा ठगेर फरार: खोजि जारि


लेखक : लेखापढी      ५ चैत्र २०७७, बिहीबार १३:५८ मा प्रकाशित     
नौ लाख भन्दा बढी पैसा ठगेर फरार: खोजि जारि

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–९, खरिढुंगाबाट बागलुङको गल्कोट नगरपालिका–३, हटिया बस्ने ३० वर्षीय पुरुषको ९ लाख ५० हजार रुपैयाँ ठगी भएको छ ।

विजय गुरुङ नाम बताउने पुरुषसमेत दुईजनाले अमेरिकी डलर २२ हजार ५०० छ भन्दै फोनमार्फत डलरसँग साट्नको लागि बोलाई साथमा ल्याएको उक्त नगद ठगी गरी अमेरिकी डलर नदिई फरार भएको बताइएको छ । प्रहरीले अभियुक्तको खोजी गरिरहेको जनाएको छ ।