भरत खवास चितवन एफसीका मार्की खेलाडी र मेगराज केसी प्रशिक्षकमा छनौट


भरत खवास चितवन एफसीका मार्की खेलाडी र मेगराज केसी प्रशिक्षकमा छनौट

काठमाडौं । नेपाली फुटबलको फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल)का लागि एफसी चितवनले आफ्नो मार्की खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । 

क्लबले बुधबार नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवासलाई मार्की खेलाडी घोषणा गरेको हो । टिमले मेगराज केसीलाई आफ्नो प्रशिक्षकको रुपमा घोषणा गरेको हो । 

प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गरेको छ।  

आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच क्लबले प्रशिक्षक र मार्की खेलाडीसँग सम्झौता गरेको हो ।  

सम्झौतापत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर राष्ट्रिय टीमका स्टाइकर भरत खवासले हस्ताक्षर  गरेका हुन् ।  

हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफुले एफसी चितवन टीमको नेतृत्व लिएको उल्लेख गर्दै टीमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । https://lekhapadhi.com/2021/03/15/%e0%a4%a7%e0%a4%a8%e0%a4%97%e0%a4%a2%e0%a5%80-%e0%a4%8f%e0%a4%ab%e0%a4%b8%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a4%be%e0%a4%b2-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%b2%e0%a4%be/