कांग्रेश नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखी उपचार जारि


कांग्रेश नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखी उपचार जारि

काठमाडौं ।  कांग्रेस नेता नवीन्द्रराज जोशीको सचिवालयले भ्रमपूर्ण समाचार प्रवाह नगरिदिन आग्रह गरेको छ ।

नेता जोशीकै आधिकारिक फेसबुक पेजमा एक स्टाटस राख्दै सचिवालयले भनेको छ– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौँ । कुनै पनि व्यक्तिको निधनजस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।”