भारतमा तीन महिना यताकै उच्च कोरोना संक्रमण, आंशिक लकडाउन र कर्फ्यु जारी


[ss_social_share]
लेखक : लेखापढी      ४ चैत्र २०७७, बुधबार २१:३९ मा प्रकाशित     
भारतमा तीन महिना यताकै उच्च कोरोना संक्रमण, आंशिक लकडाउन र कर्फ्यु जारी

नयाँदिल्ली । कोरोनाभाइरसका कारण भारतमा बुधबार थप २८ हजार ९०३ जना संक्रमित भएका छन् । यो संख्या २४ घण्टामा तीन महिनायताकै उच्च भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बुधबार भारतमा १८८ जनाको मृत्यु भएको छ । भारत अमेरिका र ब्राजिलपछिको दोस्रो सबैभन्दा ठूलो संक्रमण दर भएको देश हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबारको बैठकपछि कोभिड–१९ को दोस्रो लहर उच्च विन्दुमा पुग्नबाट रोक्नका लागि तुरुन्तै प्रभावकारी कदम उठाउनुपर्ने बताए । देशव्यापी रुपमा संक्रमण फेरि तीव्र बन्न सक्नेमा उनले चिन्ता व्यक्त गरेका हुन् ।

पछिल्लो २४ घण्टामा फेला परेकामध्ये ६२ प्रतिशत संक्रमित महाराष्ट्रका भएको बताइएको छ । सोही कारण महाराष्ट्र सरकारले यही मार्च १५ तारिखदेखि कार्यान्वयन हुने गरी विभिन्न सहरमा आंशिक लकडाउन र कर्फ्यु जारी गरेको छ ।

अहिले पुनेमा राति ११ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु घोषणा गरिएको छ । जिल्ला प्रशासनले यसअघि त्यहाँ मार्च ३१ सम्मका लागि सबै स्कुल, कलेजहरु बन्द गर्न निर्देशन दिएको थियो । सोमबार वार्दामा पनि रातिको ८ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो । नासिकमा बेलुकी ७ बजेदेखि नै कर्फ्यु जारी गरिएको छ । विवाहलगायत समारोहमा पनि २५–३० जनाभन्दा बढी सहभागी नहुन भनिएको छ ।

महाराष्ट्रबाहेक मध्य प्रदेशमा पनि मुख्यमन्त्री शिवाजसिंह चौहानले इन्दोर र भोपालमा रातिको समयमा कर्फ्यु जारी हुने घोषणा गरेका छन् । त्यहाँ सार्वजानिक रुपमा होली मनाउन पनि अनुमति दिइएको छैन ।

गुजरातमा पनि कोरोना संक्रमण बढ्न थालेपछि रातिको समयमा कर्फ्यु जारी गरिएको छ । पन्जाबमा आठ जिल्लामा रातिको समयमा कर्फ्यु जारी गरिएको छ । सरकारी र निजी विद्यालयहरु पनि अस्थायी रुपमा बन्द गर्न भनिएको छ ।-रोयटर्सबाट 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •