एमाले ‘खनाल–नेपाल’ समूहको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा हुदै


[ss_social_share]
लेखक : लेखापढी      ४ चैत्र २०७७, बुधबार १२:५९ मा प्रकाशित     
एमाले ‘खनाल–नेपाल’ समूहको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा हुदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खनाल-नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।
सानेपाको हेरिटेज गार्डेनमा सुरु भएको भेलाको अध्यक्षता एमालेका वरिष्ठ नेता झलनाथ खनालले गरेका छन् भने नेता माधवकुमार नेपाल विशिष्ट अतिथि बनेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरिसकेपछि प्रधानमन्त्री ओलीको विकल्प खोजी जारी रहँदा सर्वोच्चको अर्को फैसलाले पार्टी एकता नै खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) बनाइदिएको थियो । खनाल–नेपालले त्यो फैसलाप्रति विमति राख्दै फैसला स्वीकार गरेर एमाले फर्कने घोषणा गरे ।
नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र)बीच एकता भएर नेकपा एमाले बनेपछि त्यहाँ देखिएको असमझदारीले एकप्रकारको ध्रुवीकरण भएकोमा खनाल–नेपाल समूह प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक संसद् विघटनविरुद्ध उभिँदा प्रचण्ड पक्षमा परेका थिए ।

ओलीले  २३ माओवादी नेतालाई केन्द्रीय समितिमा नियुक्ति गर्ने, अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी विघटन गरी महाधिवेशन आयोजक समिति घोषणा गर्ने सहितका निर्णय गरे । फागुन २८ गते ओलीले एकलौटी निर्णय गरेपछि खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । भेलाबाट समानान्तर कमिटी घोषणा गरेर देशव्यापी अभियानमा जाने खनाल–नेपाल समूहको तयारी छ । 
आजको रास्ट्रिय भेलाले खाना- नेपाल पक्षको आगामी राजनैतिक बाटो तय हुने देखिन्छ |

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •