माओबादीले बनायो तीन सदस्यीय कार्यदल: एमाले प्रवेश माओबादी नेतालाई फर्काउने प्रयास


माओबादीले बनायो तीन सदस्यीय कार्यदल: एमाले प्रवेश माओबादी नेतालाई फर्काउने प्रयास

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेमा गएका नेताहरुलाई पार्टीमा फर्काउन छलफल गर्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले त्यसका लागि तीन सदस्यीय कार्यदल बनाएको छ ।

कार्यदलमा नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन रहेको हरिबोल गजुरेलले जानकारी दिए । माओवादी केन्द्रले सरकारमा रहेका माओवादी मन्त्रीहरुलाई फिर्ता हुनका लागि पत्र पठाइसकेको छ भने एमालेको केन्द्रीय कमिटीमा गएका नेताहरुलाई चौबीसघण्टे अल्टिमेटम पनि दिएको थियो । तथापि माओवादीले नेताहरुलाई फर्काउने प्रयास थालेको हो । माओबादीका केन्द्रिय नेताहरु नै ओली पक्षमा रहेका कारण माओबादी केन्द्रलाई ठुलो झट्का लागेको छ ।