ग्रिनलाइफ हाइड्रोपावरको सेयर २९९ र महिला लघुवित्त सेयर ४३८ देखि दोस्रो बजारमा कारोबार सुरु


लेखक : लेखापढी      ३ चैत्र २०७७, मंगलवार १२:४७ मा प्रकाशित     
ग्रिनलाइफ हाइड्रोपावरको सेयर २९९ र महिला लघुवित्त सेयर ४३८ देखि दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावर र महिला लघुवित्तको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । चैत २ गते नेप्सेमा सूचिकृत भएका दुबै कम्पनीको सेयर आजबाट नेप्सेको स्पेशल–प्रि ओपन सेसनमा ओपनिङ कारोबार भएको हो ।

महिला लघुवित्तको सेयर प्रतिकित्ता ४३८ रुपैयाँमा पहिलो कारोबार हुँदा ग्रिनलाइफ हाइड्रोपावरको सेयर २९९ रुपैयाँमा ओपनिङ कारोबार भएको छ ।

कम्पनीको महिला लघुवित्तको पहिलो कारोबारको लागि ३१३.१६ देखि ९३९.४८ सम्मको सुरुवाती रेन्ज तोकेकोमा ४३८ मा पहिलो कारोबार भएको हो ।

ग्रिनलाइफ हाइड्रोपावरको लागि नेप्सेले ९९.६७ देखि २९९.०१ सम्मको सुरुवाती रेन्ज तोकेकोमा २९९ बाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेटवर्थ देखिको नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज तोक्ने गरेको छ ।