समवेदना (लघुकथा)


[ss_social_share]
लेखक : लेखापढी      ३ चैत्र २०७७, मंगलवार १४:२१ मा प्रकाशित     
समवेदना  (लघुकथा)

दुई दिनको सामान्य ज्वरोको निहुँमा नै माइला बाले आज मृत्युवरण गर्नुभयो ।
“साह्रै राम्रो मरण भयो माइलाको । कसैलाई कहिल्यै दु:ख दे’को नि थाहा पाइएन । घराँ दु:ख पाएर माग्न आएकालाई पनि कहिल्यै रित्तै फर्काएको नि जानिएन । सबैलाई खुसी बनाएर गयो । यस्ता मान्छे त सितिमिति यो धर्तीमा पाउन नि मुश्किलै हुन्छ ।”

उता लास घाटतिर गएपनि सास अथवा माइला बाको आत्मा बैकुण्ठ धामको ढोकामा गएर अड्कियो । माइला बाको आत्माले सोध्यो -"चित्रगुप्त जि नमस्कार ! किन मलाई ढोका बाहिर यस्तो बाँसको झ्याङमा राख्नुभएको ?

केही बुढापाकाहरुले माइला बा प्रतिको आदर्शता दर्शाइरहेका थिए भने कसैले भन्दै थिए – “मलाई त माइला बा बिते जस्तो नि ला’को छैन । सपना जस्तै लागेको छ ।” जसले जे जस्तो सोचेता पनि हुने कुरो भएरै छोड्यो । दैवको लिला , कतिबेला के हुन्छ , कसलाई के थाहा ?

सास बिनाको लास बोकेर कोही घाटतिर लागे भने कोही किरिया पुत्रीको लागि सामान जुटाउनतिर लागे । कोहिले भने फेसबुकमा समवेदना राख्न थाले । उता लास घाटतिर गएपनि सास अथवा माइला बाको आत्मा बैकुण्ठ धामको ढोकामा गएर अड्कियो । माइला बाको आत्माले सोध्यो -“चित्रगुप्त जि नमस्कार ! किन मलाई ढोका बाहिर यस्तो बाँसको झ्याङमा राख्नुभएको ? भित्र पस्न दिनुहोस् न !”

"मेरो माइला बाको स्वर्गमा बाँस होस्, मेरो माइला मामाको बैकुण्ठमा बाँस होस्, हार्दिक श्रद्धाञ्जली मेरो प्यारो माइलो हजुरबुवा ! हजुरको बैकुण्ठमा बाँस होस् ।

चित्रगुप्तले नम्र हुँदै भने – “हेर्नुस् माइला बा ! तपाइँलाई तपाइँका आफन्तहरुले कति सम्झिरहेका छन् । फेसबुकमा पनि तपाइँका भए जतिका साथी र आफन्तहरुले समवेदना लेखेका छन् ।” चित्रगुप्तको कुरा सुनेपछि माइला बाले जिज्ञासु भएर पुन: सोध्नुभयो -“के के लेखेका रहेछन् चित्रगुप्त जी समवेदना मन्तव्यमा पढेर सुनाउनुस् त !”

चित्रगुप्तले पनि मोबाइलका कमेन्ट र समवेदना मन्तव्य पढेर सुनाउँदै भने – “मेरो माइला बाको स्वर्गमा बाँस होस्, मेरो माइला मामाको बैकुण्ठमा बाँस होस्, हार्दिक श्रद्धाञ्जली मेरो प्यारो माइलो हजुरबुवा ! हजुरको बैकुण्ठमा बाँस होस् ।

“जती-जती कमेन्ट र समवेदना मन्तव्य सुन्दै गए उती-उती माइला बाको आत्मा पनि बाँसको झ्याङ भित्र पुरिँदै जान थाल्यो ।


रचना शर्मा
भरतपुर महानगरपालिका – ३
नारायणगढ, चितवन
(“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा हरेक हप्ता सोमबार र शनिबार लघुकथा प्रकाशन गर्ने गरेका छौ , साहित्यिक श्रस्टाहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ – हेरिटेज मिडिया नेटवर्क , lekhapadhi.com )


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •