दुई थोपा आँशु चुहाउने मान्छे नहोला: प्रम ओलीलाई योगेश भट्टराईको चेतावनी


[ss_social_share]
लेखक : लेखापढी      ३ चैत्र २०७७, मंगलवार १६:०३ मा प्रकाशित     
दुई थोपा आँशु चुहाउने मान्छे नहोला: प्रम ओलीलाई योगेश भट्टराईको चेतावनी

काठमाडौं । खनाल-नेपाल नेकपा समूहका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गरे त्यसका निम्ति आफूहरु तयार हुने बताएका छन् ।

योगेश भट्टराईले राष्ट्रिय भेलाबारे आयोजित पत्रकार सम्मेलनमा भने कारबाही गरेर पार्टी र मुलुक नचल्ने बताए । “कारबाहीले पार्टी, मुलुक अघि बढ्दैन । राजनीति र पार्टी अघि बढ्दैन । यो अहंकारको अभिव्यक्ति हो । हामीलाई कुनै दु:खबोध छैन । प्रधानमन्त्रीजीलाई निवेदन छ । हामी एकपछि अर्को कारबाहीका निम्ति लामबद्ध छौं । हामीलाई कुनै पश्चाताप हुनेछैन,” भट्टराईले भने । भट्टराईले ओलीलाई इतिहासको कठघरमा उभिनुपर्ने र धेरै प्रश्नको उत्तर दिनुपर्ने भएको बताए । “जब इतिहासले सोधेका प्रश्नको जवाफ दिन तपाई असमर्थ हुनुहुन्छ । ती उत्तर दिन सक्नुहुन्न । त्यो बेला तपाईलाई इतिहासले कठोर कारबाही गर्छ । सायद त्यो बेला तपाईका निम्ति दुई थोपा आँशु चुहाउने मन्छे नहुन सक्ला,” उनले भने ।

उनले ओलीलाई धम्कीका भाषा प्रयोग नगर्न अनुरोध गरे । ओलीले आज बालुवाटारमा आयोजित कार्यक्रममा खनाल- नेपाल समूहको भेलामा गए कारबाही दिने चेतावनी दिएका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •