खनाल र नेपाल राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने


[ss_social_share]
लेखक : लेखापढी      ३ चैत्र २०७७, मंगलवार १६:१३ मा प्रकाशित     
खनाल र नेपाल राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नजाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार दिउँसो ४ बजे बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन् ।

बुधबार र बिहीबार तय भएको आफ्नो समूहको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीका कारणले जान नभ्याइने उनीहरुले एमाले नेता विष्णु रिजालले जानकारी दिए । राष्ट्रिय भेलामा पेश हुने अवधारणापत्र तयारीका कारणले जान नभ्याउने उनको भनाइ छ ।

आज दिउँसो ४ बजे नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरुलाई छलफलमा बोलाएकी छन् । नेता रिजालले राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा परेका बेला सर्वदलीय बैठक आह्वान गर्नु शोभनीय नभएको बताए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •