वाईवाई चाउचाउको आइपिओ छिट्टै आउदै: बिनोद चौधरी


वाईवाई चाउचाउको आइपिओ छिट्टै आउदै: बिनोद चौधरी

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष तथा खर्बपति विनोद चौधरीले वाइवाइ नेपालको सेयर बजारमा आउने बताएका छन्। पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित साहित्य महोत्सव फाइनप्रिन्ट फिभरमा उद्योगपति विनोद चौधरीले वाईवाईले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने बताएकाहुन् ।

उनले उक्त कार्यक्रममा पत्रकार उमेश चौहानले ‘वाइवाइ’लाई सेयर बजारमा सूचीकृत गर्ने योजनाबारे सोध्दा चौधरीले – चौधरी ग्रुपअन्तर्गतका थुप्रै कम्पनी जनतामा गएका छन् र तिनले कहिल्यै घाटा पुर्याएका छैनन् ।

कुनै नेपालीको लगानी डुबेको छैन । वाइवाइ पनि कुनै दिन जनतामा जान्छ भनेका थिए।