सगरमाथा चढ्न नेपाल आए बहराइनको राजपरिवार टोली


[ss_social_share]
लेखक : लेखापढी      २ चैत्र २०७७, सोमबार १९:११ मा प्रकाशित     
सगरमाथा चढ्न नेपाल आए बहराइनको राजपरिवार टोली

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न बहराइनको राजपरिवार टोली नेपाल आएको छ । राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली नेपाल आएको हो । उनीहरु बहराइन डिफेन्स फोर्सको सैन्य जहाजबाट नेपाल आएका हुन् ।

टोलीमा बहराइन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । यो टोली ८० दिन नेपालमा रहने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरसविरुद्ध लगाइने २ हजार खोप सहयोग गर्ने पनि दूतावासले जनाएको छ ।

यसअघि यो टोलीले सन् २०२० को अक्टोवरमा लोबुचे पीक र मनास्लु हिमाल आरोहण गरेको थियो । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •