राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक


लेखक : लेखापढी      २ चैत्र २०७७, सोमबार २१:०७ मा प्रकाशित     
राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् ।

मंगलबार दिउँसो ४ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको स्रोतले जानकारी दियो ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको उनले जानकारी दिए ।

दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप भण्डारीले बैठक बोलाएको स्रोतको दाबी छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •