सुदुरपस्चिमकै गौरब महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुल दशैँसम्म सञ्चालन


[ss_social_share]
लेखक : लेखापढी      २ चैत्र २०७७, सोमबार १५:०७ मा प्रकाशित     
सुदुरपस्चिमकै गौरब महाकाली नदीमा  निर्माणाधिन चार लेनको पक्की पुल दशैँसम्म सञ्चालन

कञ्चनपुर– महाकाली नदीमा निर्माणधिन चार लेनको पक्की पुल २०७८ दशैँसम्म सञ्चालनमा ल्याइने बताइएको छ। निर्माण कम्पनी कुमार सीएफसी जेभीका इन्जिनियर किशोर पाण्डेयले दशैँसम्म पुल निर्माण सम्पन्न गरिने बताएका छन्। जम्मा ३२ वटा स्ल्याप लाग्ने पुलमा १७ वटा पुर्ण भएको र बाकी बन्ने क्रममा रहेको उनले बताए।

पुलको सबै पिल्लर निर्माण सम्पन्न भएको उनले बताए। पुल निर्माण संगै ७।८ किलोमिटर सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले २ किलोमिटर सक्किन लागेको बताइएको छ। अषाढ मसान्तसम्ममा साढे ५ किलोमिटर सडक निर्माण सकिने बताइएको छ। ३ अर्ब ६६ करोड भ्याट सहित लागतमा ३ वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि तोकिएको पुलको १८ महिना म्याद थप गरिएको हो। निर्माण कम्पनीले २०७८ फागुन १५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुलको लम्बाइ ८ सय मिटर र चौडाइ २३ दशमलव ८ मिटर छ।

२०७४ भदौ १५ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण गरिने पक्की पुलको शिलान्यास गरेका थिए। सुदूरपश्चिम प्रदेशको व्यापारिक प्रयोजनको लागि महत्वपूर्ण रुपमा हेरिएको महाकाली पुल निर्माण भएपछि कञ्चनपुरसहित समग्र सुदूरपश्चिम प्रदेशले अर्थतन्त्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरिएको छ।
महेन्द्रनगर पोस्ट

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •