काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको व्यवसायी फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढीले मार्की खेलाडीको रुपमा विशाललाई अनुबन्ध गरेको हो ।
प्रतियोगिताका लागी प्रत्येक क्लबले आफ्नो टोलिमा मार्की खेलाडी राख्न पाउने प्रावधानअनुसार धनगढीले नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाललाई मार्की खेलाडीमा चयन गरेको धनगढी फुटबल क्लबका मालिक सुवास शाहीले जनाएका छन् ।
सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै धनगढी एफसीले मार्की खेलाडीसँग सम्झौता समेत गरिएको छ । धनगढी फुटबल क्लबसँग व्यवसायी फुटबलको अध्याय सुरु गर्न सम्झौता गरेका विशाल राईले मार्की खेलाडीको रूपमा आफू क्लबमा अनुबन्ध हुन पाँदा निकै खुशी भएको बताए ।