श्रीलंकाले मुस्लिम बुर्कामाथि प्रतिबन्ध लगायो: इस्लामिक स्कुल समेत बन्द


श्रीलंकाले मुस्लिम बुर्कामाथि प्रतिबन्ध लगायो: इस्लामिक स्कुल समेत बन्द

काठमाडौं । श्रीलंकाको सरकारले मुस्लिमहरुलाई बुर्का लगाउन प्रतिबन्ध लगाउने भएको छ । शनिबार श्रीलंकाको सरकारले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ ।

सन् २०१९ को अपि्रलमा क्याथोलिक चर्चहरु र होटलहरुमा भएको आत्मघाती आक्रमणमा परी २५० भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो । इस्लामिक संगठनले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।

सरकारले यो निर्णय सार्वजनिक स्थलमा मानिसहरुको सुरक्षालाई ध्यानमा राख्दै गरिएको बताएको छ । यो नियम पारित गर्न अब संसद्ले यसलाई स्वीकृति दिनु जरुरी हुन्छ । श्रीलंकामा इस्टरको दिनमा विभिन्न चर्चमा विष्फोट भएको करिब दुई वर्षपछि श्रीलंकाले यस्तो निर्णय गरेको हो ।

श्रीलंकाले बुर्का धार्मिक अतिवादको प्रतीक भएकाले यसमा प्रतिबन्धको तयारी गरिएको श्रीलंकाको सार्वजनिक सुरक्षा मन्त्री सराथ वीरासेकेराले बताए । त्यस्तै सरकारले कसैलाई आफ्नो तरिकाले विद्यालय खोलेर पढाउने छुट नभएको र सरकारले निर्दिष्ट गरेको पाठ्यक्रमअनुसार नै विद्यालयमा पठनपाठन हुनुपर्ने बताएको छ ।
-एजेन्सी