कथाकार हरिश कल्पितको “ग्यााब्रियले” कथा कृति विमोचन


कथाकार हरिश कल्पितको “ग्यााब्रियले” कथा कृति विमोचन
काठमाडौँ- कथाकार हरिश कल्पितको कथा कृति ग्याब्रियलेको विमोचन एक समारोहका बिच काठमाडौंमा सम्पन्न भयो । लेखककी आमा प्रेमकुमारी सुवेदी प्रकाशक रहनु भएको सो कार्यक्रम प्रकाशक सुवेदीको ८६ औं जन्मदिवसको अवसरमा २०७७ फाल्गुन २९ मा सम्पन्न भयो ।
 
नेपाल स्रष्टा समाजको आयोजनामा भएको सो विमोचन समारोहको अध्यक्षता समाजका अध्यक्ष विधान आचार्य गर्नुभयो भने प्रमुख अतिथि भैरव रिसाल हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव जानु धितालले गर्नुभएको थियो ।
 
विमोचन समारोहमा समाजका कार्यसमिति सदस्य देविका तिमिल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो । कथा कृतिमाथि समाजका सदस्य नवराज अवदोसी एवम् समालोचक ज्ञानु अधिकारीले आआफ्ना दृष्टिकोण राख्नुुभएको थियो ।
 
समारोहमा कृतिका लेखक हरिश कल्पित, साहित्यकार डा. दामोदर पुडासैनी किशोर, वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ एवम् प्रमुख अतिथि भैरव रिसालको मन्तव्यपछि अध्यक्ष विधान आचार्यले समापन मन्तव्य राख्नुभएको थियो ।
 
कार्यक्रममा समाजका उपाध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायत समाजका कार्यसमितिका पदाधिकारी, सदस्य, लेखक हरिश कल्पितका आफन्तजन एवम् साहित्यकारहरूको व्यापक उपस्थिति थियो ।