एमालेका केन्द्रीय सदस्य सांसद विष्ट माओवादी केन्द्रमै फर्किए


लेखक : लेखापढी      १ चैत्र २०७७, आईतवार १६:०६ मा प्रकाशित     
एमालेका केन्द्रीय सदस्य सांसद विष्ट माओवादी केन्द्रमै फर्किए

काठमाडौं। एमालेको केन्द्रीय सदस्यमा मनोनीत कर्णाली प्रदेश सांसद ठम्मर विष्ट पुनः माओवादी केन्द्रमै फर्किने भएका छन् ।

आइतवार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास पुगेर विष्टले आफू माओवादी फर्किने संकेत गरेका हुन् । प्रदेश सांसद विष्ट कर्णाली प्रदेश सचिव मायानाथ शर्मासँग प्रचण्ड निवास खुमलटार पुगेका थिए । 

शनिबार विहान बसेको माओवादी केन्द्रको स्थायी समितिले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएको थियो । अल्टिमेटपछि विष्टले माओवादीमै फर्किने संकेत देखाएका हुन् ।

तर, उनले त्यसबारेमा अहिलेसम्म प्रष्ट चाहिँ भनिसकेका छैनन् । विष्टसहित अर्का सांसद धर्मराज रेग्मी पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरू एमालेमै रहेको अवस्थामा माओवादीले कारबाही गरी उनीहरूको सांसद पद पनि खारेज गरिदिनसक्छ ।

सुर्खेतबाट निर्वाचित विष्ट सशस्त्र युद्धका बटालियन कमाण्डरसमेत हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वास पात्रका रुपमा लामो समय काम गरेका विष्ट केही महिनादेखि रुष्ट बनेका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •