काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शनिबार राति ११ महिनाका एक जना शिशुमा कलेजो प्रत्यारोपण भएको हो। नेपालमै पहिलो पटक १ वर्ष मुनिको नवजात शिशुलाई कलेजो प्रत्यारोपण गरिएको छ ।
जन्मजात नै कलेजोमा समस्या देखिएका शिशुलाई काभ्रे घर भएका ३५ वर्षीय बाबुले आफ्नो कलेजो दिएका हुन्। त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीले दिएको जानकारी दिए ।
‘उहाँहरू विदेशमा उपचार गर्न जानु पर्यो भनेर प्रधानमन्त्रीकहाँ सहयोग माग्न जानुभएको रैछ,’ डाक्टर भण्डारीले भने,’प्रधानमन्त्रीज्यू, त्यसको उपचार नेपालमै हुन्छ। टिचिङ अस्पतालमा जानुस् भनेपछि हाम्रो सम्पर्कमा आउनु भएको हो।’
अहिले बाबु र छोराकै स्वास्थ्य सामान्य रहेको डाक्टर भण्डारीले बताए।