ऊ निकै व्यग्र देखिन्थ्यो । सूचनापाटीमा उल्लेखित नामहरू माथिदेखि पढ्न शुरू गर्यो । खुशीले चिच्यायो ।
एउटा प्रतिष्ठित कम्पनिमा उसको नाम निस्किएको थियो । ल्यापटपका अक्षरहरुसँग खेलिरहेका कार्यालय प्रमुखलाई कार्यकक्षमा भेट्यो । आफ्नो नाम निस्किएकोमा धन्यवाद दियो ।
“गरीबका छोराछोरीले जति मेहनत गरेर पढे पनि के गर्नु ? पैसा नचढाई जागिर पाईंदैन ।” आमाले बालाई सुनाइन् !
आफ्नो ईच्छा, अवस्था, यसपछिको सहयोगको लागि निवेदन गर्यो । “ठिक छ, मैले सकेको म गर्छु । जति बढी गर्न सक्छौ, तिमीले गर्नुपर्छ ।” कार्यालय प्रमुखले भने ।
ऊ घर फर्कियो । “मैले सकेको म गर्छु, जति बढी सक्छौ तिमीले गर्नुपर्छ ।” कार्यालय प्रमुखका यी शब्दहरू उसको मस्तिष्क वरिपरि घुम्न थाले । घरको आर्थिक अवस्था अति कमजोर थियो ।
बालाई के भन्ने, के नभन्नेमा दोधारमा रह्यो । आमासँग कुरा राख्यो । “गरीबका छोराछोरीले जति मेहनत गरेर पढे पनि के गर्नु ? पैसा नचढाई जागिर पाईंदैन ।” आमाले बालाई सुनाइन् !
“हुन त हुन्थ्यो भान्जा, तर के गर्नु ? कसैको भरोसा छैन । आजकल यस्तो ठगी धन्दा धेरै चलेको छ ! म जोखिम लिन्न । काम बने त तिमी तिरौला — , नत्र — ! “ऊ मामाघरबाट रित्तो हात फर्क्यो…
“केही त गर्नैपर्यो । यो मौका उम्कियो भने अर्को विज्ञापन आउन कति कुर्नु पर्ने हो ? “बाले अनेक उपाय सोचे । बेलामौकामा सानोतिनो सर-सहयोग गरेका आफ्ना ईष्टमित्र सम्झिए । कतैबाट भरपर्दो उत्तर आएन । लामो समय काम गरेको खेत मालिकको घर धाए । तर , अहँ— ! बाले सकेनन् । उसले आफ्नो हातबाट यो अवसर गुम्न लागेको देख्यो ।
आफैं मावली घर गयो । मामा भारतीय पल्टनबाट भर्खरै अवकाश लिएका थिए । “हुन त हुन्थ्यो भान्जा, तर के गर्नु ? कसैको भरोसा छैन । आजकल यस्तो ठगी धन्दा धेरै चलेको छ ! म जोखिम लिन्न । काम बने त तिमी तिरौला — , नत्र — ! “ऊ मामाघरबाट रित्तो हात फर्क्यो । हतास भएर क्षितिज नियालिरह्यो । उसँग भएको अन्तिम विकल्प अपनाउने बिचार गर्यो ।
म मेरा बा आमाको सपना साकार पार्न सक्छु । प्लिज सर, नाइँ नभनिदिनु होला । “उसले झण्डै प्रमुखका खुट्टा समात्यो ।”
अन्तर्वार्ताको अघिल्लो दिन टुप्लुक्क उनै कार्यालय प्रमुखको कार्यकक्षमा उभियो । “हजुर नमस्कार, म थाकें ! मैले सकिन । यो दुनियाँ स्वार्थी र बेइमानहरूले भरिएको रहेछ । जति लाग्छ, म पछि बेहोर्छु । यतिखेर हजुरले नै सहयोग गरिदिनुभयो भने म मेरा बा आमाको सपना साकार पार्न सक्छु । प्लिज सर, नाइँ नभनिदिनु होला ।
“उसले झण्डै प्रमुखका खुट्टा समात्यो ।”
के भयो तिमीलाई ? के खोज्दै हिडेका छौ ? कसले के सहयोग गरेन ?
मैले के गरें भने तिमी के गर्छौ ? म त क्यै बुझिरहेको छैन तिम्रा कुरा !
ऊ हात जोडेर उभिइरह्यो । “खुब मेहनत गरेर अन्तर्वार्ताको लागि तयारी गर । घर जाउ । शुभकामना छ !” कार्यालय प्रमुखले उसको अनुहार पटक-पटक हेर्दै भने ।
लक्ष्मीप्रसाद पौडेल
धनगढी , कैलाली ।
(“आधुनिक नेपाली लघुकथा समूह”सँगको सहकार्यमा हरेक हप्ता सोमबार र शनिबार लघुकथा प्रकाशन गर्ने गरेका छौ , साहित्यिक श्रस्टाहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ – हेरिटेज मिडिया नेटवर्क , lekhapadhi.com )
Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com