श्रीमती (लघुकथा)
एकाबिहानै उठेर श्रीमतीले पुरै घर कोठा पोछा-सफाई गरिसकेर घर आँगन बढारेर नुहाई धुवाई सकेर भान्सामा चिया बनाई श्रीमानजीलाई चियाको कप टक्र्याउछिन् । त्यतिबेलासम्म श्रीमान मोबाइलमा औलाले फेसबुक खेलाउदै थियाे ।
श्रीमानजीको अफिस ड्रेसमा इस्त्री गर्दा, खाना बनाएर, छोरा छोरीलाई स्कुल ड्रेस लगाई सक्दा सम्म श्रीमान जी मोबाइलमा औंला मात्रै चलाइरहेका थिए । आज अफिस जानेहैन र ? श्रीमतीको आवाजले झस्किन्छ र, “ए टाइम भा हो र”!
त्यसपछि छोरा-छोरीलाई नास्ता बनाउन फेरी भान्सामा व्यस्त हुन्छिन् श्रीमती ।यता ५ वर्षको छोरो ब्युझिएर रुँदै थियो । ७ वर्षकी छोरी पनि ब्युँझिसकेकी थिइन् । आफ्नै बिस्तरामा छोरो भक्कानिएर रुँदा समेत बाउलाई मतलब थिएन ।
झन् औंलाले मोबाइल खेलाउदै घरी छोरीलाई फकाउ भन्दै थियाे, घरी भान्सामा व्यस्त श्रीमतीलाई छोरो रोएको सुनेनौ भन्दै कराउँदै थियो । श्रीमती छोरा-छोरीलाई नास्ता तयार गरी खुवाउन आउछिन् ।
यतिबेलासम्म बिहानको ८:०० बजिसकेको थियो । श्रीमानजीको अफिस ड्रेसमा इस्त्री गर्दा, खाना बनाएर, छोरा छोरीलाई स्कुल ड्रेस लगाई सक्दा सम्म श्रीमान जी मोबाइलमा औंला मात्रै चलाइरहेका थिए ।
लर्बराएको स्वरमा “ए बुडी ढोका खोल” भन्दै श्रीमान जीको आगमन हुन्छ । “यस्तो चिसो दाल भात तै खा”….
आज अफिस जाने हैन र ? श्रीमतीको आवाजले झस्किन्छ र, “ए टाइम भा हो र”! म त एकछिन यतै व्यस्त हुँदा टाइम गएको पत्तै भएन ! मोबाइलबाट औंला हटाउँदै प्रतिउत्तर गर्छ ।
भरे साँझ खाना बनाइसकेर, छोराछोरि सुताइसकी भान्सामा श्रीमान आउने प्रतीक्षा गर्दा गर्दै आँखा लोलाउन लाग्दै गर्दा आफूले मिठो-मिठो खाएर मलाई बासि खाना खुवाउने…? भन्दै श्रीमतीको जगल्टा तान्न थाल्छ ।
श्रीमती आँखामा आशुकाे ताल बनाउँदै ! हैन हजुर खाना बनाएर हजुरलाई नै पर्खी रहेकि छु, हजुर ज्युनार भएपछि खाउँला भनेर ।
अंकुर चन्द
कंचनपुर, सुदुरपस्चिम
यहाँहरुका विभिन्न लेख-रचना हामीलाई लेखि पठाउनुहोस
ईमेल- lekhapadhimedia@gmail.com
www.lekhapadhi.com