अनेमसंघको बृहत राष्ट्रिय महिला कार्यकर्ता भेला आज शनिबार


[ss_social_share]
लेखक : लेखापढी      २९ फाल्गुन २०७७, शनिबार ०८:५१ मा प्रकाशित     
अनेमसंघको बृहत राष्ट्रिय महिला कार्यकर्ता भेला आज शनिबार

काठमाडौँ- अखिल नेपाल महिला संघ (अनेमसंघ)ले १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार बृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने भएको छ । अनेमसंघले शुक्रबार पत्रकार सम्मेलन गरि भेलाबारे जानकारी गराएको हो । भेलामा मुलुकभरबाट दश हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने अपेक्षा अनेमसंघले लिएको छ । भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । 

“संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ गर्न लागिएको भेलाले महिला हक हित तथा समानता र हिंसा मुक्त समाज निर्माणका लागि विभिन्न ५ बुँदे घोषणा पत्र जारी गर्ने अनेम संघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् । 

अनेमसंघको संयोजनमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरिनुको साथै यही फागुन २४ गते संघीय राजधानी काठमाडौँमा र्याली तथा सभा गरेको थियो ।
-ratopati 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •