नक्कली मोबिल र नक्कली एसियन पेन्ट्स बिक्री गर्ने पक्राउ


लेखक : लेखापढी      २८ फाल्गुन २०७७, शुक्रबार १३:३५ मा प्रकाशित     
नक्कली मोबिल र नक्कली एसियन पेन्ट्स बिक्री गर्ने पक्राउ

काठमाडौँ- विराटनगरमा नक्कली मोबिल र नक्कली एसियन पेन्ट्स बिक्री गर्दै आएका एक जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । सर्बो ब्रान्डको लेबल लगाएर बिक्री वितरण गर्ने गरेको खुलासा भएको छ  विराटनगर ११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेम्कालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जनपथ टोलमा २० वर्षदेखि भाडा लिएको गोदाममा सर्वोको लेबल लगाएर नक्कली मोबिल र इनामेल पेन्ट्स प्याकिङ गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

‘खेम्काले बाहिरबाट मोबिल ल्याएर सर्वोको स्टिकर आफैंले छापेर एक लिटरको बट्टा र बोतल तयार पारी बिक्री गर्दै आएको घटनास्थलको प्रकृतिले देखिन्छ,’ उनले भने, ‘इनामेल पेन्टस पनि बाहिरबाट ल्याएर एसियन पेन्टसको लेबल लगाएर बिक्रीवितरण गर्दै आएको पाइयो ।’

उक्त बिषयमा थप अनुसन्धान गर्ने बारे प्रहरी प्रबक्ता कार्कीले बताएका छन् ।