प्रधानमन्त्रीको सुरक्षामा दुई सय जना सैनिक मात्रै, राष्ट्रपतिको पनि बढाइयो


प्रधानमन्त्रीको सुरक्षामा दुई सय जना सैनिक मात्रै, राष्ट्रपतिको पनि बढाइयो

मन्त्रिपरिषद्ले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि–०७० लाई खारेज गरेर नयाँ कार्यविधि लागू गरेको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ ले यसअघि पूर्व प्रधानमन्त्री सहितका विशिष्ट व्यक्तिको सुरक्षा कटौती गरेको छ । तर प्रधानमन्त्री र राष्ट्रपतिको सुरक्षा चाहिँ अस्वाभाविक तरिकाले बढाइएको छ । २०७७ मङ्सिर ७ मा मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा सैनिक मात्रै २ सय जना खटिन्छन् । प्रधानमन्त्रीलाई नेपाली सेनाका अधिकारीले तीनवटा घेरा बनाएर सुरक्षा दिन्छन् । चौथो घेरामा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिएका छन् ।

नजिकको घेरामा पीएसओ (आर्मीका प्रमुख सेनानी) र अति विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयको सुरक्षा टोली खटिन्छन् । भित्री र मध्य घेरामा पनि सैनिक खटिन्छन् । बाहिरी घेरामा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिन्छन् । प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीका डीएसपी र दुई जना इन्सपेक्टरसहित ६२ जना प्रहरी खटाउने व्यवस्था कार्यविधिमा छ । तर प्रधानमन्त्रीले सो कार्यविधिसमेत मिचेर १ सयभन्दा बढी प्रहरी कर्मचारीलाई आफ्नो सुरक्षामा प्रयोग गरेका छन् ।

अति विशिष्ट स्तरको सुरक्षा लिएका प्रधानमन्त्रीको सुरक्षाको बाहिरी घेरामा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) राजु अर्यालका अनुसार इन्स्पेक्टरको कमान्डमा सशस्त्रका ३५ देखि ४० जनाको टोली खटिन्छन् । राष्ट्रिय अनुसन्धान विभागका ५ जनाको टिम उनको सुरक्षामा परिचालन गरिएको छ । कार्यविधिले तेकेअनुसार नै प्रधानन्त्रीको सुरक्षामा ३ सयभन्दा बढी सुरक्षाकर्मी खटिएका हुन्छन् । तर फागुन १७ मा पोखरामा आयोजित कार्यक्रममा प्रधानन्त्रीले आफूमाथि ‘शारीरिक हमला हुनसक्ने’ सङ्केत गरेका थिए । पोखरामा उनले भने–‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’

प्रधानमन्त्रीले ‘हमला हुनसक्ने’ भाषण गरेपछि आफू आश्चर्यमा परेका एकजना उच्च सुरक्षा अधिकारीले रातोपाटीलाई बताए । उनले भने–‘प्रधानमन्त्रीमाथि भौतिक आक्रमण हुनसक्ने सुरक्षा चुनौती अहिले देखिँदैन ।’ प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीका डीएसपी र दुई जना इन्सपेक्टरसहित ६२ जना प्रहरी खटाउने व्यवस्था कार्यविधिमा छ । तर प्रधानमन्त्रीले सो कार्यविधिसमेत मिचेर १ सयभन्दा बढी प्रहरी कर्मचारीलाई आफ्नो सुरक्षामा प्रयोग गरेका छन् । अति विशिष्ट स्तरको सुरक्षा लिएका प्रधानमन्त्रीको सुरक्षाको बाहिरी घेरामा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) राजु अर्यालका अनुसार इन्स्पेक्टरको कमान्डमा सशस्त्रका ३५ देखि ४० जनाको टोली खटिन्छन् । राष्ट्रिय अनुसन्धान विभागका ५ जनाको टिम उनको सुरक्षामा परिचालन गरिएको छ ।

कार्यविधिले तेकेअनुसार नै प्रधानन्त्रीको सुरक्षामा ३ सयभन्दा बढी सुरक्षाकर्मी खटिएका हुन्छन् । तर फागुन १७ मा पोखरामा आयोजित कार्यक्रममा प्रधानन्त्रीले आफूमाथि ‘शारीरिक हमला हुनसक्ने’ सङ्केत गरेका थिए । पोखरामा उनले भने–‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’ प्रधानमन्त्रीले ‘हमला हुनसक्ने’ भाषण गरेपछि आफू आश्चर्यमा परेका एकजना उच्च सुरक्षा अधिकारीले रातोपाटीलाई बताए । उनले भने–‘प्रधानमन्त्रीमाथि भौतिक आक्रमण हुनसक्ने सुरक्षा चुनौती अहिले देखिँदैन ।’ राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षामा नेपाली सेनाका २ सय ७५ सुरक्षाकर्मी खटिन्छन् । सशस्त्र प्रहरी बलका १० जना र नेपाल प्रहरीबाट १४ जना सुरक्षाकर्मी खटाउने गरी मन्त्रिपरिषद्ले कार्यविधि संशोधन गरेको छ । राष्ट्रपति सहभागी हुने कार्यक्रम स्थल र समारोह स्थलको सूचना सङ्कलन र विश्लेषणका लागि राष्ट्रिय अनुसन्धान विभागका ५ जना सुरक्षा अधिकारी खटिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीसहित ६ जना भीभीआईपीलाई अति विशिष्ट स्तरको सुरक्षा दिइएको छ । ‘क’ श्रेणीको त्यस्तो सुरक्षा पाउनेमा उप–राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् । ‘क’ श्रेणीको सुरक्षा पाउने भीभीआईपीको नजिकको घेरा, भित्री घेरा र मध्य घेरामा नेपाली सेनाको टिमले सुरक्षा दिन्छन् । बाहिरी घेरामा अन्य सुरक्षा निकायका अधिकारी रहन्छन् । उपराष्ट्रपति नन्दबहादुर पुनको सुरक्षामा ७५ जना सैनिक खटाइएको छ । उनको सुरक्षामा सशस्त्र प्रहरी ५ जना, नेपाल प्रहरी ५ जना र राष्ट्रिय अनुसन्धान विभागका ५ जना सुरक्षा अधिकारी खटिन्छन् । उपराष्ट्रपतिको कार्केडको अगुवा पछुवा गाडी नेपाली सेनाको हुन्छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा नेपाली सेनाका १५ जना सुरक्षा अधिकारी खटिन्छन् । नेपाल प्रहरी २ जना सुरक्षा अधिकारी खटिन्छन् । प्रधान न्यायाधीशको सुरक्षामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीलाई समावेश गरिएको छैन । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा पछुवा गाडीसहित १५ जना सैनिक खटिएका छन् । नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी खटिएका छन् । सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी उनको सुरक्षामा खटाइएको छैन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सुरक्षामा पछुवा गाडीसहित १५ जना सैनिक परिचालन गरिएको छ । नेपाल प्रहरीका दुई जना पीएसओ खटिएका छन् । उनको सुरक्षामा सशस्त्र प्रहरी परिचालन गरिएको छैन ।

गृहमन्त्रीको सुरक्षामा सेना !

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कमान्ड गरिरहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षामा पनि सैनिक खटाइएको छ । मन्त्रीको हैसियतमा पाउने पीएसओसहित उनको सुरक्षामा १२ जना सैनिक खटाउने गरी सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ । ‘बादल’को सुरक्षामा जुनियर अधिकृतको कमान्डमा पछुवा गाडीसहित ६ जना सशस्त्र प्रहरी र १० जना नेपाल प्रहरीका सुरक्षाकर्मी खटिएका छन् । संशोधित कार्यविधिअनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश प्रमुख, रक्षामन्त्री र गृहमन्त्रीसहित २० जनाले विशिष्ट स्तरको सुरक्षा पाउँछन् ।विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको अनुगमन र थ्रेट एनालाइसिस गर्न गृह सचिवको नेतृत्वमा  केन्द्रीय निर्देशक समिति गठन गरिएको छ । पूर्वपदाधिकारीको सुरक्षा थपघट गर्नुपरेमा सो समितिको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले स्वीकृत गरेपछि थपघट गर्नेगरी मन्त्रिपरिषद्ले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि–०७७ कार्यान्वयनमा ल्याएको छ ।
-रातोपाटी