प्रतिगमनकारी शक्तिसँग सहकार्य हुँदैन: बाबुराम भट्टराई


प्रतिगमनकारी शक्तिसँग सहकार्य हुँदैन: बाबुराम भट्टराई

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली शर्मासँग सहकार्य हुन नसक्ने बताएका छन्। संघीयता पक्षधर, लोकतन्त्र पक्षधर र गणतन्त्र पक्षधर शक्तिहरू बीच सहकार्य र समन्वय गरेर मुलुकलाई निकास दिने पक्षमा आफूहरू रहेको भन्दै उनले प्रतिगमनकारी शक्तिसँग एकता र सहकार्य गर्न नसकिने दाबी गरे। 

शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता भट्टराईले प्रतिगमनकारी शक्ति, लोकतन्त्र, संघीयता र गणतन्त्रविरोधी कुनै शक्तिसँग राजनीतिक सहकार्य नहुनेमा आफूहरू प्रष्ट रहेको बताएका छन्। अध्यक्ष उपेन्द्र यादवले भने राज्यले मुलुकमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने भन्दै ती हाम्रा र सवैको सरोकारका विषय भएको बताए। सरकारलाई हाम्रो समर्थन किन चाहियो र? भन्दै यादवले उल्टै प्रश्न गरे।

 प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले समेत अवैधानिक ठहर गरिसकेको अवस्थामा संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नुपर्ने भन्दै सहयोग गर्न नसकिने बताए।