मेथी: भिजाएर टुसा उम्रेपछि सेवन गर्नुहोस, यौन र स्वास्थ्यमा चमत्कार


[ss_social_share]
लेखक : लेखापढी      २८ फाल्गुन २०७७, शुक्रबार १६:४६ मा प्रकाशित     
मेथी: भिजाएर टुसा उम्रेपछि सेवन गर्नुहोस, यौन र स्वास्थ्यमा चमत्कार

मेथी तरकारी तथा खानामा प्रयोग गर्ने गरिन्छ । मेथी गुणकारी खानेकुरा हो । मेथिमा भिटामिन ‘K’ अत्यधिक मात्रामा पाइन्छ । यसको दाना र साग धेरै प्रयोगमा आउने गर्छ । कपाल झर्ने समस्या, मोटोपन घटाउन मेथीको प्रयोग गरिन्छ । यति मात्र होइन मेथीलाई भिजाएर टुसा उमारेर सेवन गर्दा यसले मधुमेह, मोटोपन, मुटुको रोग, थाइराइड, उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्छ ।

महिनावारी गडबढी
महिनावारी अनियमित हुने समस्यामा उमारेको मेथीले निकै फाइदा गर्छ । महिनावारीको समयमा हुने दुखाई, ऐठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्दत गर्छ । 

स्तनपानमा दुधको वृद्धि 
स्तनपान गराइरहेकी महिलाको दूधको मात्रा बढाउन अंकुराएको मेथीको सेवन गर्नुपर्छ । यसमा आइरन, क्याल्शियम, फाइबर, प्रोटिन जस्ता तत्वहरु पाइन्छ । मेथिमा हर्बल गैलेक्‍टैगोगू (galactagogou) भन्ने पदार्थ हुने भएकोले दुध उत्पादनमा वृद्धि हुन्छ ।

रगतको कमि 
टुसा पलाएको मेथीमा आइरन हुने भएकाले यसको दैनिक सेवन गर्दा शरीरमा रगतको कमि हुदैन । 

मोटोपन घटाउन
यसमा ग्लालेक्टोम्यानन नामक पोलिसाक्साइड हुन्छ । जसले भोकलाई नियन्त्रण गर्छ र मेटाबोलिज्म बढाउँछ । बिहान उठ्नेवित्तिकै टुसा उमारेको मेथी खाने र रातिको खाना खानुभन्दा ३० मिनेट अगाडि यसको सेवनले तौल नियन्त्रण हुन्छ । 

पेटका लागि फाइदाजनक 
यसमा ७५ प्रतिशत फाइबर हुन्छ । जसले गर्दा सजिल्यै पाचन हुन्छ । यसले पेटमा गयास्ट्रोइंटेस्टाइनल प्रणालीलाई पनि सही बनाउँछ । जसले पाचन प्रक्रिया सही तरिकाले काम गर्न थाल्छ । यसले कब्जियत, एसिडिटी जस्ता समस्याबाट बचाइराख्छ । 

मुटु स्वस्थ राख्न 
यसले कोलेस्ट्राल मात्रा नियन्त्रण गर्छ । रगतमा  ट्राइग्लिसराइड्स नामक फ्याट कम गराउँछ । यसले मुटु रोग मात्र होइन हृदयघातको खतराबाट पनि बचाउँछ । 

आमाशयको सुरक्षा 
यसमा स्यापोनिन नामक तत्व हुन्छ । यसले आमाशयलाई सुरक्षा कवचको रुपमा काम गर्छ । यसले हानिकारक ब्याक्टेरियालाई मार्ने र पेट फुल्ने, ग्यास जम्मा हुने जस्ता समस्याबाट राहत दिलाउँछ । 

ज्वरोमा कमि 
२ चम्चा टुसा पलाएको मेथीमा मह र कागती मिसाएर खाँदा ज्वरोमा फाइदा पुग्छ । यसले ब्याक्टेरियल इन्फेक्शनबाट पनि बचाउँछ । 

क्यान्सरबाट बचाउँछ 
हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण बिकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ ।

मधुमेह नियन्त्रण
अंकुराएको मेथीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । यसमा हुने एमिनो एसिडले मधुमेह लागेका बिरामीहरुको शरीरमा इन्सुलिनको उत्पादन बढाउँछ ।

यौन स्‍वास्‍थ्‍यमा फाईदा 
मेथिलाई आयुर्वेदिक औषधिको रुपमा समेत उपयोग गर्ने गरिन्छ । मेथी भिजाएको पानि र टुसा उम्रिएको मेथी सेवनले यौन इच्छामा वृद्धि हुने गर्दछ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •