काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट भीम रावललाई हटाइएको छ। एमाले केन्द्रीय कमिटिको बैठकले रावललाई जिम्मेवारीबाट हटाएर लेखराज भट्टलाई इन्चार्ज बनाएको हो।
प्रधानमन्त्री एबं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटिको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टी एकिकरण अघि लेखराज भट्ट तत्कालीन माओबादी केन्द्रका सुदूरपश्चिम संयोजक थिए। पार्टी एकिकरणपछि प्रचण्डसँग असन्तुष्ट बनेका भट्ट ओलीतिर लागेका थिए।