माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक


माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक

काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप छलफल गरिने ती नेताले बताए । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए ।

माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन् । दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे छन् ।

वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा छन्। ओलीसँग महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, दुई सचिव प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सदस्यहरु किरण गुरुङ, छविलाल विश्वकर्मा र शंकर पोखरेल छन् ।

माओवादीसँग एकता भएपछि भने ओली तर्फबाट विष्णु रिमाल र रघुवीर महासेठ तथा नेपाल तर्फबाट वेदुराम भुसाल र रघुजी पन्त थपिएका छन् ।