पाटन दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न हिमालयन बैंकको एक करोड सहयोग


पाटन दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न हिमालयन बैंकको एक करोड सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाटन दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न एक करोड रुपैयाँ सहयोग गरेको छ ।

पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई एक करोड रुपैयाँ सहयोग गरेको हो ।

बैंकले स्थापनाकालदेखि नै सांस्कृतिक सम्पदाहरुको संरक्षण, पुनर्निर्माणमा सहयोग गर्दै आएको जनाएको छ ।