धनगढी- सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगको सचिवको जिम्मेवारी शिक्षा तालिम केन्द्र दिपायलका प्रमुख दुर्गादत्त बिष्टले पाएका छन्।
प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बिष्टलाई आयोगको सचिवको जिम्मेवारी दिएको हो।
सचिवको जिम्मेवारी पाएका बिष्टले धनगढीमा कार्यालय स्थापना गरेर आयोगका काम कारवाही अघि बढाउने तयारी गरिएको बताए।
प्रदेश सरकारले आयोगको प्रशासनिक प्रमुख तोकेपनि पूर्णता दिन भने अझै बाँकी रहेको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा रहेको समितिको सिफारिसमा प्रदेश लोक सेवा ऐन २०७६ अनुसार अध्यक्ष र दुई जना सदस्य प्रदेश प्रमुखले नियुक्त गरेपछि आयोगले पूर्णता पाउनेछ।