शिवरात्रिको चहलपहल सुरुभयो पशुपथिनाथ मन्दिरमा


[ss_social_share]
लेखक : लेखापढी      २७ फाल्गुन २०७७, बिहीबार ०१:१० मा प्रकाशित     
शिवरात्रिको चहलपहल सुरुभयो पशुपथिनाथ मन्दिरमा

काठमाडौँ-  महाशिबरात्री पर्ब हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्येको एक ठुलो पर्वको रुपमा मनाइन्छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छन् ।

हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा शिवरात्रिका दिन विशेष पूजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्छन् । यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ ।

पशुपति क्षेत्र विकास कोषले मंगलबार पत्रकार सम्मेलन गरी शिवरात्रीको तयारी पूरा भएको जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •