म्यानमारमा प्रदर्शनकारीमाथि सेनाको चर्को दमन, आज ९ जनाको मृत्यु


म्यानमारमा प्रदर्शनकारीमाथि सेनाको चर्को दमन, आज ९ जनाको मृत्यु

यांगुन-  नेतृ आङसान सुकीलाई रिहा गर्न र लोकतन्त्र पुनःस्थापनाको माग गर्दै सेनाको विरोधमा उत्रिएका आन्दोलनकारीहरुमाथि केही समययता सेनाले आक्रामक शैली अपनाइरहेको छ । आज बुधबार पनि सेना बिरुद्ध प्रदर्शन जारि रहेको छ।

सेनाले प्रदर्शनकारीलाई जथाभावी गोली चलाउँदा बुधबार पनि कम्तीमा नौजनाको मृत्यु भएको बताइएको छ । यससँगै म्यानमार संकट दिन प्रतिदिन झन् गम्भीर बन्दै गइरहेको छ । स्थानीय समाचार रिपोर्ट अनि सामाजिक सन्जाल अकाउन्टहरुले यसबारे खबर गरेका हुन् । प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीको समूह अश्रुग्यास, रबरको गोली र असली गोलीसमेत प्रयोग गरी हिंसात्मक रुपमा भिडमाथि जाइलागेको थियो ।

सुरक्षाकर्मीहरु आक्रामक बन्दै गए पनि प्रदर्शनकारीहरुको सङ्ख्यामा कमी भने आएको छैन । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार आइतबार मात्र देशभर सुरक्षाकर्मीसँगको झडपमा १८ जनाको मृत्यु भएको थियो ।