माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु


लेखक : लेखापढी      २६ फाल्गुन २०७७, बुधबार १२:०४ मा प्रकाशित     
माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

मंगलबार बसेको बैठकले सदन र सरकार सञ्चालनका विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्तासाक्षेदारीको प्रस्ताव राखेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

मौजुदा संसद्मा नेकपा (माओवादी केन्द्र)को ५३ सिट छ । नयाँ सरकारका लागि १३४ मत (हाल कायम रहेको सांसद संख्याको आधारमा) आवश्यक हुन्छ । कांग्रेससँग ६३ र जसपासँग निलम्बितसमेत गरी ३४ मत छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •