काठमाडौँ- पशुपतिनाथ मन्दिरमा लाग्ने शिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले आज सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको छ।
शिवरात्री पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएकाले बैकल्पिक मार्गहरु प्रयोग गर्न भनिएको छ ।
शिबरात्रिका अबसरमा पशुपतिनाथमा दर्शनार्थीहरुको चाप बडी हुने भएकाले गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने ट्राफिक महाशाखाले जानकारी दिएको छ ।