कैलालीमा फेरि आगलागी, गाडीको ग्यारेज जल्दा करिब ‘१ करोडको क्षति’


[ss_social_share]
लेखक : लेखापढी      २५ फाल्गुन २०७७, मंगलवार १३:२६ मा प्रकाशित     
कैलालीमा फेरि आगलागी, गाडीको ग्यारेज जल्दा करिब ‘१ करोडको क्षति’

धनगढीः तीन दिन अघि मात्र धनगढी स्थित एक फर्निचर उधोगमा आगलागी भएको थियो । उक्त आगलागीमा ८ करोड बराबरको क्षति भएको थियो। 
आज बिहान कैलाली जिल्लाको गोदावरी नगरपालिका-५, गेटास्थित अवस्थी ग्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको केएस कन्स्ट्रक्शन प्रालिमा आगलागी भएको हो। टायर, मोबिल ब्याट्रीलगायतका गाडी निर्माण सामग्री रहेको ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ। ग्यारेज सञ्चालकलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक शाहीले करिब ८० लाखदेखि १ करोड रुपैयाँसम्मको क्षति भएको अनुमान छ । 

आगलागीको कारण खुल्न नसकेको बताउँदै उनले धनगढी उपमहानगरपालिका र गोदावारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार मंगलबार बिहान ५ बजे अचानक आगलागी भएको हो।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •