देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड


देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मंगलबार स्थायी कमिटी बैठकपछि दाहाल देउवानिवास बूढानीलकण्ठ पुगेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाका उनीहरुबीच आधा घण्टा भेटवार्ता भएको थियो ।

“उहाँ आउनुभएको थियो । लगभग आधा घण्टा भेटघाट भयो । समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,” उनले भने ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँग संसद् र सरकार सञ्चालनका विषयमा वार्ता गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएको निर्णय गरेसँगै नेकपा एमाले र नेकपा माओवादी ब्युँतिएको छ ।