नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त


नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त

काठमाडौँ- नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गरेको हो।

हाल नीलम ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभाग र बमबहादुर मिश्र विदेशी विनियम विभागका प्रमुख कार्यकारी निर्देशक हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिएको थियो । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।

यसअघिका डेप्युटि गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको अवकास भएसँगै मन्त्रीपरिषद्ले उनीहरुलाइ डेपुटी गभर्नरमा नियुक्त गरेको हो।