दीपकराज गिरीले ३४ औ वैवाहिक वर्षगाँठमा श्रीमतीको प्रशंसा गर्दै कोरे कबिता


लेखक : लेखापढी      २५ फाल्गुन २०७७, मंगलवार २३:५८ मा प्रकाशित     
दीपकराज गिरीले ३४ औ वैवाहिक वर्षगाँठमा श्रीमतीको प्रशंसा गर्दै कोरे कबिता

काठमाडौँ- चर्चित हास्य कलाकार, अभिनेता, निर्माता तथा निर्देशक दीपक राज गिरि सामाजिक सञ्जालमा निकै एक्टिभ रहन्छन् । दीपक राजको विवाह भएको पनि ३४ वर्ष पुरा भएको छ ।

दिपक राज गिरिका एक छोरी (मौसमी गिरि) र दुई छोराहरू (प्रसिद्ध राज गिरि र दिपेश राज गिरि) रहेका छन्। गिरिले रेडियो नाटक, टेलिभिजनमा हाँस्यव्यङ्ग्य सिरिज ‘तितो सत्य’ हुँदै ठुलो पर्दामा ‘छक्का पन्जा’ जस्ता कीर्तिमानी सिनेमा निर्माण गरेका छन् । दीपक राजले आफ्नो ३४ औ वैवाहिक वर्षगाँठको अवसरमा श्रीमती मेनुका गिरिसंगको तस्बिर शेयर गर्दै यस्तो लेखेका छन्:

‘कति कुरा नभनेर नै मीठा मीठा होलान्
तर कति कुरा भनिएन भने तीता हुन सक्छन्
तिमिले मलाइ पायौ ,केबल मलाइ मात्रै पायौ
अनियन्त्रित एक सवारीलाई सही बाटोमा ल्यायौ
मेरा खुसीलाई आफ्नै खुसी ठान्यौ, मेरा दुखमा धेरै आशु झार्‍यौ
तिमिला के भनौँ, कसरी भनौँ ,तिमि छौ कस्तो
आफै खर्चिएर अरूलाई उज्यालो दिने, मैनबत्ती जस्तो ….
३४ वर्ष पुगेछ सँग सँगै हिँडेको
कहीँ डगाउन दिइनौ सम्हालेर ल्यायौ,
थाहा छैन बदलामा तिमिले के पायौ
मलाइ न सोध मेरो ३४ वर्ष कस्तो भो
एक सुख्खा वृक्षले पानी पाए जस्तो भो ….’
तस्बिर साभार: दिपकराज गिरि फेसबुक 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •