विप्लव मात्र हाेइन, राजालाई समेत स्थान दिएर राष्ट्रिय एकता कायम गराैं: सांसद लिङदेन


[ss_social_share]
लेखक : लेखापढी      २५ फाल्गुन २०७७, मंगलवार २०:२६ मा प्रकाशित     
विप्लव मात्र हाेइन, राजालाई समेत स्थान दिएर राष्ट्रिय एकता कायम गराैं: सांसद लिङदेन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले शान्त र सौम्य राजालाई स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गर्न आह्वान गरेका छन् ।

मंगलवार एक ट्विटरमार्फत सांसद लिङ्देनले अहिलेको असफलता कुनै व्यक्ति वा पार्टीकाे नभइ वर्तमान प्रणालीकै असफलता रहेको समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘अहिलेको अस्थिरता या असफलता कुनै व्यक्ति या पार्टीको नभएर कमजोर धरातलमा अडेको वर्तमान प्रणालीकै असफलता हो । बिखण्डन, विप्लवका कुरा गर्ने, हतियार बोक्नेलाई मात्र होइन । अनेक अभियोग, लान्छनाका बीच पनि शान्त र सौम्य राजालाई पनि स्थान दिएर पूर्णरूपमा राष्ट्रिय एकता कायम गरौं !’

राप्रपा नेता राजेन्द्र लिङ्देन बिगत लामो समय देखि हिन्दु अधिराज्यको माग गर्दै आएका छन् । प्रस्ट बक्ता र झापा जिल्लाबाट ठुलो जनसमर्थन रहेका नेता राजेन्द्र लिङ्देन राप्रपा नेपालका प्रभावशाली व्यक्तित्व समेत हुन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •