आदर्श (लघुकथा)


लेखक : लेखापढी      २४ फाल्गुन २०७७, सोमबार १२:०८ मा प्रकाशित     
आदर्श (लघुकथा)

ऊ एकदम कट्टर आदर्शवादी ! एउटा नारीवादी एनजिओको हर्ताकर्ता थियो । 

एउटा गोष्ठीमा प्रवचन दिँदै भन्यो-“नारीहरू आधा आकाश हुन् पुरुषहरूको प्रगति र उन्नतिमा एउटा नारीको अहम् भूमिका हुन्छ । “जहाँ नारीको सम्मान हुँदैन त्यो घर नरक समान हुन्छ” ।

नारीहरू आधा आकाश हुन् पुरुषहरूको प्रगति र उन्नतिमा एउटा नारीको अहम् भूमिका हुन्छ ।

नारी शक्तिको दमदार विचार गोष्ठी समापन पछि ऊ एउटा रेस्टुरेन्टमा पस्यो र मदिराको चुस्की लगाउन थाल्यो । सधैँ पिउने भन्दा अलि धेरै पिएर ऊ लरखराउँदै घरमा पुग्यो र ढोका ढकढक्याउन थाल्यो ।

श्रीमानलाई सम्झाउन थालिन्- ” यसरी धेरै पिउनु हुँदैन हजुर आफ्नो स्वास्थ्य र यो समाजको पनि ख्याल त गर्नुस् “

भित्र श्रीमती उसको प्रतीक्षामा ब्यग्र थिइन ।

दौडेर ढोकाको छेस्किन खोल्दै श्रीमानलाई हातले समातेर सोफामा आरामसँग बसालिन लुगा-मोजा खोल्दै श्रीमानलाई सम्झाउन थालिन्- “यसरी धेरै पिउनु हुँदैन हजुर आफ्नो स्वास्थ्य र यो समाजको पनि ख्याल त गर्नुस”!

श्रीमान् बरबराउन थाल्यो – “त जस्तो अनपढले मलाई सम्झाउने” पाखे मूर्ख आइमाईलाई के थाहा सोसाइटीमा भिज्न के के पिउनु पर्छ के के बोल्नुपर्छ भनेर !

ऊ मुखभरिको गालीहरू बर्साउँदै गयो, श्रीमती बरर आँसु झार्दै थिइन ।


किशन पौडेल
हेटौंडा


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •