प्रतिशाेध (लघुकथा)


[ss_social_share]
लेखक : लेखापढी      २४ फाल्गुन २०७७, सोमबार ११:२६ मा प्रकाशित     
प्रतिशाेध  (लघुकथा)

“अनुष्का याे तस्बिर ?” सिया हड्बडाइन् ।

“चिनिनाै र ?” “चिने झै लाग्यो तर…..” सिया अन्कनाईन् ।

“तिमी मेरो विवाहमा आएकी थियौ हैन र ?” “हाे।” “अनि! यि उनै हुन्।” तर… “फेरि अन्कनाइन ।

“तिमीलाई थाहा छ नि ! म आज साहित्यिक र व्यावसायिक रुपमा सफल हुन संघर्षरत छुँ । हाे, यसमा यहि मान्छे असली सहयात्री हाे।”

“हाे, मेरो डिभाेर्स भइसक्यो ।”

“अनि तिमी माथि ठुलो हिंसा भयो भन्ने सुनेकी थिएँ।” -“अवश्य हाे म माथि हिंसा भएको।”

“अनि यो तस्बिरलाई किन यति महत्त्व दिएर यहाँ ?”

“तिमीलाई थाहा छ नि ! म आज साहित्यिक र व्यावसायिक रुपमा सफल हुन संघर्षरत छुँ । हाे, यसमा यहि मान्छे असली सहयात्री हाे।”

सिया छक्क पर्दै प्रश्नसूचक दृष्टिले अनुष्कालाई नियालि रहिन्।

“मलाई आफ्नाे संसारमा बाँच्न नदिइ गलहत्याउने यो मान्छेलाई जतिजति सम्झिन्छु, उति-उति म भित्र प्रतिशाेधकाे ज्वाला दनदनी दन्किरह्यो; जसले मेरो मरिसकेको आत्मविस्वास ब्युतायो।”

हल्का मुस्कुराउँदै अनुष्का- “मलाई आफ्नाे संसारमा बाँच्न नदिइ गलहत्याउने यो मान्छेलाई जतिजति सम्झिन्छु, उति-उति म भित्र प्रतिशाेधकाे ज्वाला दनदनी दन्किरह्यो; जसले मेरो मरिसकेको आत्मविश्वास ब्युतायो।”

“सुनको पिँजडाबाट मुक्त सुगा जस्तै आफ्नाे संसारमा खुल्ला रुपमा विचरण गरी वास्तविक संसारकाे अमृतमय रसस्वादन गरी आफूलाई तन्दुरुस्ती बनाएँ।” “जति-जति यो तस्बिर देख्छु, म भित्र विद्राेहकाे भावना प्रबल बन्दै जान्छ ।

फलतः ऊ सँगकाे प्रतिशाेध स्वरूप कठाेर संघर्ष गर्दै गएँ। “मलाई जलाउन बालेको आगाेबाट राप सहेर ताप र प्रकाश ग्रहण गर्न सकेँ ।

त्यसैले मेरो प्रेरणाको यो आगाेलाई निभ्नै नदिई सुरक्षित गरेकी हुँ।”


मिसु श्रेष्ठ थपलिया
दाेलखा ( हाल काँडाघारी काठमाडौं )
(
“आधुनिक नेपाली लघुकथा समूह”
सँगको सहकार्यमा हरेक हप्ता सोमबार र शनिबार लघुकथा प्रकाशन गर्ने गरेका छौ , साहित्यिक श्रस्टाहरुमा हार्दिक आभार ब्यक्त गर्दछौ – हेरिटेज मिडिया नेटवर्क , lekhapadhi.com )


Please mail us your creation on lekhapadhimedia@gmail.com
Visit us for news and opinion: www.lekhapadhi.com

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •