वनमन्त्रीले पढ्न थाले लिखित भाषण


लेखक : लेखापढी      २४ फाल्गुन २०७७, सोमबार १७:२५ मा प्रकाशित     
वनमन्त्रीले पढ्न थाले लिखित भाषण

काठमाडौँ — सार्बजनिक कार्यक्रममा बोलेल्का अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना हुन थालेपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले औपचारिक कार्यक्रममा लिखित भाषण गर्न थालेका छन् । 

गत हप्ता फागुन १८ गते सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) को आठौं परिषद्को उद्घाटन कार्यक्रममा आलेले ‘जुन रुखबाट हामी कार्बनडाइअक्साइड पाउँछौँ, जुन रुखलाई हामी अक्सिजन दिन्छौँ । त्यही रुख यदि रहेन भने के हुन्छ हालत ?’ भन्ने अभिव्यक्ति दिएका कारण आलोचित र सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिटको १० औं महाधिवेशन तथा २१औँ साधारण सभामा प्रमुख अतिथि रहेका मन्त्री आलेले लिखित भाषण गरे । सार्वजनिक कार्यक्रममा मन्तव्य राख्नेक्रममा यसअघि पनि उनी चिप्लिने गरेका थिए । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •