मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्ने: १० औं वार्षिक साधारणसभामा प्रस्ताब


[ss_social_share]
लेखक : लेखापढी      २४ फाल्गुन २०७७, सोमबार १५:४४ मा प्रकाशित     
मिर्मिरे लघुवित्तले एफपीओ निष्कासन गर्ने: १० औं वार्षिक साधारणसभामा प्रस्ताब

काठमाडौं । मिर्मिरे लघुवित्तले थप धितोपत्रको सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्तावसहित १० औं वार्षिक साधारणसभा बोलाएको छ । चैत १८ गते बनेपाको पञ्चकन्या बैंन्क्वेटमा बोलाएको साधराणसभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सञ्चालक समितिले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पनि पारित गर्नेछ । 

साधारणसभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । सार्वजनिक निष्कासन नगरेको स्वेडा लघुवित्तलाई मर्जर गरेको कम्पनीले संस्थापक र साधाण सेयर संरचना मिलाउन धितोपत्रको थप सार्वजनिक निष्कासन गर्ने प्रस्तावसमेत साधारणसभामा पेश गर्ने कम्पनीले जनाएको छ ।
 
यस्तै अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्जिविशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने प्रस्ताव पनि पारित कम्पनीको सूचनामा उल्लेख छ ।
 
लघुवित्तले साधारणसभाको लागि ८ गतेदेखि १८ गतेसम्म (सेयरधनी दर्ता किताब बन्द राख्ने (बुकक्लोज) हुन जनाएको छ । जसअनुसार चैत ७ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् भने साधारणसभामा भाग लिन पाउनेछन् । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •