प्रचण्ड हामीले छोडेको बिस महिनामै धुलोपिठो भए: नेत्र बिक्रम चन्द ‘विप्लब’


[ss_social_share]
लेखक : लेखापढी      २४ फाल्गुन २०७७, सोमबार २१:२४ मा प्रकाशित     
प्रचण्ड हामीले छोडेको बिस महिनामै धुलोपिठो भए: नेत्र बिक्रम चन्द ‘विप्लब’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै आफुहरुले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताएका छन् । 

“प्रचण्ड कमरेडले के भन्नुभएछ हामीसँग सहकार्य गरेका एकजना कमरेडलाई बोलाएर फलानाजी २० वर्ष प्रचण्डलाई कसैलाई हल्लाउन सक्दैन जोरी नखोजे हुन्छ । हामीले छाडेको २० महिनै लागेन प्रचण्ड धुलोपिठो हुनलाई,” उनले भने ।

विगतमा प्रचण्डको एक अपिलमा धेरै सहिद हुन तयार हुने गरेको स्मरण गर्दै महासचिव विप्लवले केही दिनअघि माधव नेपाल नभएको भए जोगी भइसक्थेँ भन्ने अवस्थामा पुगेको बताए । उनले प्रचण्डले सहिद र बेपत्ता परिवारलाई बिर्सेको आरोप पनि लगाए । प्रचण्ड र केपी ओलीको गठबन्धनलाई जनताले बहुमत दिए पनि भागबन्डामै लडाइँ केन्द्रित हुँदा एक वर्षमै विवाद सुरु भएको बताएका थिए ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •