निर्वाचन आयोगमा आठ वटा नेपाल कम्युनिस्ट पार्टी ! कसरि सम्भब ? हेर्नुहोस नामावली


[ss_social_share]
लेखक : लेखापढी      २४ फाल्गुन २०७७, सोमबार ००:३६ मा प्रकाशित     
निर्वाचन आयोगमा आठ वटा नेपाल कम्युनिस्ट पार्टी ! कसरि सम्भब ? हेर्नुहोस नामावली

काठमाडौँ-  सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ । सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक अलग-अलग राजनीतिक दल साबिककै अवस्थामा कायम हुने आदेश जारी गरेको छ ।

अदालतले गरेको फैसलाले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ । सर्बोच्चअदालतले गरेको उक्त फैसलाले एकता भाँडिने गरी अदालतको फैसला आयो । सर्वोच्चको निर्णयले पार्टी एकता तोडिएको छ भने नेपाल कम्युनिस्ट पार्टी नामक दल निर्माण गर्ने अर्को बाटो पनि छैन ।

निर्वाचन आयोगमा हाल सम्म आठ वटा नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको देखिन्छ । विसं २०७५ जेठ २३ गते नेपालकै ठूलो दलको रुपमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता हुनुअघि नै ४ वटा मात्र नेपाल कम्युनिस्ट पार्टी थिए ।

निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी कहिले दर्ता भए ? कहाँ छन् केन्द्रीय कार्यालय ?
१- नेपाल कम्युनिस्ट पार्टी (माले) – २०७३ मंसिर ८, रातोपुल काठमाडौं
२- नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) – २०७३ मंसिर ८, टोखा काठमाडौं
३- नेपाल कम्युनिस्ट पार्टी – २०७३ मंसिर ८, धोबिधारा काठमाडौं
४- नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी – २०७३ मंसिर ८, कोटेश्वर काठमाडौं
५- नेपाल कम्युनिस्ट पार्टी (ने क पा) – २०७५ जेठ २३, धुम्बाराही काठमाडौं
६- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) – २०७६ भदौ १५, गौशला काठमाडौं
७- नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – २०७६ भदौ १५, बूढानीलकण्ठ काठमाडौं
८- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) – २०७७ साउन २०, नयाँ बानेश्वर काठमाडौं

आयोगको असोज ७ गते अद्यावधिक दर्ता कायम रहेका राजनीतिक दलहरूको विवरणअनुसार नेपालमा १३२ दल छन् । हालसम्म १६० दलले दल दर्ता नम्बर पाएकामा बाँकी दल खारेज भएका छन् । निर्वाचन आयोगको दल सूचीमा नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ का कम्युनिस्ट पार्टी छैनन् । विप्लवले आफ्नो दलको नाम नेपाल कम्युनिस्ट पार्टी र किरणको दल नेकपा-क्रान्तिकारी माओवादी रहेको बताउँदै आएका छन् ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •